
दाङ । पछिल्लो समय सहकारी संस्थाका कारण यहाँका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन् ।
विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नुका साथै ऋण लिएर आयआर्जन गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था फलदायी तथा नाफामुखी बन्दै गएका छन् ।
दाङको घोराही उपमहानगरपालिका–१३ वनगाउँमा रहेको ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध हुनुभएका घोराही–१३ बगालेका निशा रोकाले अहिले व्यावसायिक रुपमा कृषि व्यवसाय गर्दै आउनुभएको छ । सात वर्षदेखि सहकारीमा जोडिएर थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको किसान रोकाले बताउनुभयो ।
‘संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ’ उहाँले भन्नुभयो । सहकारी संस्थामा मासिक रु एक हजार बचत गर्दै आएको उहाँको भनाइ छ । व्यावसायिक रुपमा कृषि व्यवसाय गर्न थालेको १२ वर्ष भएको बताउँदै उहाँले यहीबाट परिवारको जीविकोपार्जन हुँदै आएको बताउनुहुन्छ । तरकारी समयमै उत्पादन गर्न सकियो भने आम्दानी हुने उहाँको भनाइ छ ।
आम्दानी धेरै हुने गरे पनि घर खर्च कटाएर मासिक ३०÷३५ हजार बचत हुने बताउनुभयो । उहाँले अहिले टमाटर बिक्री गर्दै आउनुभएको छ । पछिल्लो समय टमाटरको भाउँ केही घरेको उहाँ बताउनुहुन्छ । ऋण आवश्यक परेको बेला सहकारीबाट नै लिने गरेको बताउनुभयो ।
उहाँ जस्तै सहकारीका अर्का सदस्य मनकुमारी घर्ती सहकारीमा आबद्ध भएपछि खुसी हुनुहुन्छ । आवश्यक परेको बेला सहुलियत ब्याजमा ऋण लिन पाइने उहाँ बताउनुहुन्छ । अहिले १० कठ्ठामा आलु, टमाटर, प्याज खेती गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘दुःख नगरेर कृषिमा आम्दानी हुँदैन । आफैँ खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।’ २÷४ रुपैँया आवश्यक परेको बेला अन्यसँग हात थाप्नुभन्दा आफैँ कृषि व्यवसाय गरेर आम्दानी राम्रो हुँदै गएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘खाली घरमा बस्नुभन्दा कृषि पेसा आम्दानीको राम्रो स्रोत रहेको छ’ उहाँले कृषि पेसाबाटै मासिक रुपमा रु १०÷१५ हजार बचत गर्ने गरेको बताउनुभयो । सहकारीमा जोडिएर कृषि व्यवसाय गर्नका लागि धेरै कुरा सिक्ने अवसर प्राप्त गर्दै आएको बताउनुभयो । उहाँले आफू जस्तै अन्य दिदी बहिनीलाई कुनै न कुनै पेसा व्यवसायमा जोडिन आग्रह गर्नुहुन्छ ।
ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थाका सचिव रामकली घर्तीले १२ वर्षदेखि सञ्चालनमा रहेको सहकारीमा महिला मात्रै आबद्ध हुँदै आएको बताउनुभयो । हाल संस्थामा सात सय ५० जना सदस्य हुनुहुन्छ । वडा सदस्यसमेत रहनुभएका उहाँले सहकारीका सदस्यले विभिन्न कृषिसम्बन्धी सहयोगहरु प्राप्त गर्दै आएको बताउनुभयो । सहकारीले महिलामा आपसी सद्भाव, सहकार्य, सिकाइ आदानप्रदानका कुरामा महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । सहकारीबाट सहुलियतमा ऋण लगेर विभिन्न पेसा, व्यवसायमा जोडिएर स्वाभलम्वन बन्न सफल भएको उहाँ बताउनुहुन्छ ।
सदस्यहरुले मासिकदुई सयदेखि दुई हजार रुपैयाँसम्म बचत गर्दै आएको उहाँको भनाइ छ । संस्थामार्फत एक लाख ५० हजार रुपैयाँसम्म ऋण लगानी गरेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु