
तेह्रथुम । जिल्ला सदरमुकाम म्याङलुङमा सञ्चालित निःशुल्क मुटु परीक्षण शिविरबाट ८ सय ७० जना लाभान्वित भएका छन् ।
लायन्स क्लब अफ काठमाडौँ बुद्ध युनिभर्सलको आयोजना र सहिद गङ्गालाल हृदय केन्द्र काठमाडौँको प्राविधिक सहयोग तथा सांसद सीता गुरुङ, म्याङलुङ नगरपालिका, नबिल बैंकसहित जिल्लास्थित विभिन्न संस्थाको समन्वयमा निःशुल्क मुटु परीक्षण शिविर सम्पन्न भएको हो । शिविरमा मुटुसम्बन्धी परीक्षण, मधुमेह, उच्च रक्तचापलगायतको परीक्षण गरिएको थियो । जिल्लाका छवटै पालिकाबाट मुटुको समस्या भएका बिरामी परीक्षणका लागि आएका थिए ।
शिविरमा परीक्षण गरिएकाहरू थप उपचार गर्नुपर्ने बिरामीलाई गङ्गालाल हृदय केन्द्र काठमाडौँ निःशुल्क उपचार गरिने गङ्गालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा रवि मल्लले बताउनुभयो । बिरामीको यातायातको शुल्क भने जयन्ती मेमोरियल ट्रष्टले बेहोर्ने उहाँले बताउनुभयो । शिविरमा मुटुरोग विशेषज्ञ डा दीपक लिम्बूसहितको १८ विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए ।
तेह्रथुमबाट मुटुसम्बन्धी विशेषज्ञ सेवा लिन राजधानी तथा सुविधासम्पन्न अस्पताल जानुपर्ने अवस्था छ । जसका लागि पैसा र समय पनि खर्चिलो भएकाले सबैको पहुँचमा नहुने भएकाले तेह्रथुमजस्तो विकट पूर्वी पहाडी जिल्लामा मुटुसम्बन्धी समस्या भएकालाई सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले मुटु परीक्षणका लागि तेह्रथुमजस्तो दुर्गम जिल्लामा सबै पक्षको समन्वयमा ल्याउन सफल भएकोप्रति आभार व्यक्त गर्नुभयो । सांसद गुरुङले तेह्रथुम जिल्लामा मुटुको स्वास्थ्य शिविर लामो समयको प्रयासपछि ल्याउन सफल भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु