
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदका माध्यमबाट स्वस्थ नागरिक र समृद्ध प्रदेश निर्माण गर्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
आज आयोजित सोह्रौँ सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा उहाँले खेलका माध्यमबाट प्रदेशमा स्वस्थ र समृद्ध नागरिक निर्माण गर्ने कार्यमा आवश्यक समन्वय र सहकार्य गरिने उल्लेख गर्नुभयो । देशलाई चिनाउने, आर्थिक समृद्धि हासिल गर्ने र राष्ट्रभक्ति उजागर गर्न खेलकुद र खेलाडीको भूमिका उल्लेख्य हुने उहाँको भनाइ छ ।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट आवश्यकताका आधारमा पहल भइरहेको बताउनुभयो । खेलाडीलाई हौसला प्रदान गर्ने उद्देश्यले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी कर्णालीका सबै खेलाडीको बिमा प्रदेश सरकारले गरिदिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
साथै, दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट आज निर्णय हुने जानकारी गराउँदै मन्त्री भण्डारीले पूर्वप्रस्तावित मितिमा दशौँ राष्ट्रिय खेलकुद आयोजना हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु