
काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्धको खेलमा ६ विकेट लिएको छ ।
दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ गरिरहेको अफगानिस्तानले १७ ओभरमा ६ विकेट गुमाएर ७५ रनको योगफल बनाएको छ । नेपालका लागि आकाश चन्द एक्लैले पाँच विकेट लिएका छन् । गुलशन झाले १ विकेट लिए ।
पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शून्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर विपिन रावलको हातबाट क्याच आउट भए । त्यसपछि आकाशले लगातार थप तीन विकेट लिँए ।
जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशकै बलमा बोल्ड भए । सोहेल खानलाई पनि ४ रन तथा अली अहमदलाई शून्यमा आउट गराए । आकाशले व्यक्तिगत पाँचाँै विकेट लिने क्रममा हसन इशाखिललाई २० रनमा आउट गराए ।
यस खेलको विजेता टोली प्रतियोगिताको सुपर सिक्सम पुग्नेछन् । पराजित हुने टोली १३औँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय