
काठमाडौँ । खोल्चा पुखु खेलकुद समितिको आयोजनामा माघ २४ देखि २६ गतेसम्म सञ्चालन हुने हुने प्रथम पुष्पराज शाक्य स्मृति टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजन ललितपुर महानगरपालिका वडा ११ ले गर्ने भएको छ ।
आयोजक समितिका अध्यक्ष नदिमरत्न शाक्य र वडा ११ का अध्यक्ष अरोजकुमार खड्गीले आज र सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । प्रतियोगिता सञ्चालन गर्न करिब आठ लाख रुपैया खर्च हुने बताइएको छ । अध्यक्ष खड्गीले प्रतियोगिताका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको र अपुग रकमको हकमा वडाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रतियोगितामा विभिन्न ६ स्पर्धामा एक सय ५० बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषरमहिला सिंगल्स, भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि पुरुष सिंगल्समा खेल हुनेछ ।
ललितपुर महानगरपालिका वडा ११ का खेलाडी मात्र खेल्न पाउने गरी यू–१६ मिक्स युथ स्पर्धा राखिएको छ । पुरुष र महिला सिंगल्समा शीर्ष ३२ बरियताका खेलाडीले नाम दर्ता गराइसकेको अध्यक्ष शाक्यले बताउनुभयो । प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख रहेको छ । पुरुषरमहिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः . ३० हजार, १५ हजार र सात हजार पाँच सय रुपैया पुरस्कार हात पार्ने छन् ।
बाँकी ४ स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार र तेस्रोले दुई हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् । ललितपुर जिल्ला टेबल टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने रात्रीकालीन प्रतियोगितालाई इलाभेन स्टार क्लब र इखाछें स्पोट्र्सले सहयोग गर्ने भएका छन् ।
स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा हुने तीन दिने प्रतियोगिताका खेल शङ्खमूलस्थित इलेभन स्टार क्लबमा हुनेछ । इञ्जिनियर पुष्पराज शाक्यको गत वर्ष निधन भएको थियो ।
ललितपुरमै भएको पाँचौँ मेयर कप टेबल टेनिसको भेट्रान स्पर्धामा खेल्ने क्रममै हृदयघातका कारण शाक्यको निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै