
बैतडी । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरा विजयी भएको छ ।
पहिलो खेलमा डिसिए धनगढीलाई ८ विकेटले पराजित गरेको डडेल्धुराले लगातार दोस्रो जित निकाल्ने क्रममा आज बोस्टर्न क्रिकेट एकेडेमी झापालाई ७७ रनले हरायो ।
जितका लागि पाएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा झापाले १५ ओभरमा ९ विकेटको क्षतिमा ६६ रनमा सीमित भयो । उसका लागि सोनम बुढाथोकीले १७ र दीपु भुजेलले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ डडेल्धुराका कुशल भुर्तेलले ४, अजय चौहानले २, कप्तान सन्दीप जोरा, अजय चौहान र रवि विष्टले १÷१ विकेट झारे ।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको डडेल्धुराले खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा निर्धारित ओभरमा तीन विकेट गुमाएर १४३ रन जोड्यो ।
डडेल्धुराका लागि आयुषमान बम र कप्तान सन्दीप जोराले अर्धशतक प्रहार गरे । २३ रन जोड्दा २ विकेट गुमाएर धर्मराएको पारीलाई आयुषमान र सन्दीपले सम्हाले । यी दुवैबीच ८३ रनको महत्त्वपूर्ण साझेदारी भयो ।
तीस बलको सामाना गरेका जोरा ५१ रनमा आउट हुँदा चार छक्का र चार चौका प्रहार गरे । ओपनर आयुषमान ५७ रनमा नटआउट रहे । उनले ३६ बलमा ७ चौका र एक छक्का प्रहरा गरे । अविजित रहेका किरण ठगुन्नाले १० बलमा २ छक्का र एक चोकोको मद्दतमा २१ रन जोडे । ओपनर कुशल भुर्तेल २ रनमा आउट भए । विनोद भण्डारी ५ रनमा पवेलियन फर्के । बलिङमा झापाका अरुण ऐरीले दुई तथा पवन कार्कीले एक विकेट लिए । डडेल्धुराका आयुषमान बम प्लेयर अफ द म्याच चुनिए ।
जितसँगै डडेल्धुरा दुई खेलबाट चार अङ्कतालिकाको शीर्ष स्थानमा कायमै छ । साथै डडेल्धुरा सेमिफाइनल नजिक पनि पुगेको छ ।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०–५० हजार पाउने छन् । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद रु १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
धनगढीमा क्रिकेट खेलको विकासका लागि महत्वपूर्ण योगदान गरेका प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै