
काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा लगातार तेस्रो हार व्यहोरेपछि नेपालको उपाधि सम्भावना कमजोर बनेको छ। आइतबार भएको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो।
नेपाल यसअघि नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्धको दुवै खेलमा पराजित भइसकेको छ। उपाधि सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब थियो। तर, पराजित भएसँगै नेपालको सम्भावना निकै कमजोर भएको छ।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रन र दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटले पराजित भएको थियो। थाइल्यान्डले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको हो।
तेस्रो खेलमा आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रन मात्र बनायो।
नेपालका शीर्ष र मध्यक्रमका ब्याटरले राम्रो प्रदर्शन गरे पनि तल्लो क्रम चल्न सकेन। यही खेलमा नेपालकी सीता रानामगरले एक्लै पाँच विकेट हात पारेकी थिइन्।
नेपालका लागि कप्तान इन्दु बर्माले ३२ बलमा एक छक्कासहित सर्वाधिक ३० रन बनाइन्। ओपनर सम्झना खड्काले २३ रन बनाउँदा पूजा महतोले १८ रन बनाएकी हुन् । कविता जोशीले १४ रनको योगदान गरिन्।
पूर्वकप्तान रुविना क्षेत्री र विन्दु रावल भने डकआउट भएका हुन् । सम्झना र ममता चौधरीले पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । ममता सात रन बनाएर आउट भइन् । नेदरल्यान्ड्सकी आइरिस ज्वेलिङ, क्यारोलिन डी लेग्ने र हेथर सिगर्सले समान दुई विकेट हात पारे ।
पहिलो इनिङ्समा नेदरल्यान्ड्सकी कप्तान बबेट डी लिडेले ३८ बलमा चार चौका र एक छक्कासहित ४१ रन बनाइन् । हेथर सिइगेर्सले २६, ओपनर फेवे मोइकेन्बोइरले २१ रनको योगदान गरेका थिए।
नेपालका लागि सीता रानामगरले तीन ओभरमा १२ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारिन् । मनीषा उपाध्यायले चार ओभरमा ३१ रन खर्चिएर दुई विकेट लिएकी हुन् । कविता जोशी र कप्तान इन्दु बर्माले समान एक विकेट लिए । सीता १८औँ ओभरमा तीन विकेट लिन सफल भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै