+

मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । उहाँसँग सन् २०२३‌ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानले जनाएको छ । 


मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले खराब फर्मबाट माथि उठेर राम्रो प्रदर्शन गरेको थियो भने पहिलोपटक एसिया कप खेल्दा आईसीसी टी २० विश्वकप पनि १० वर्षपछि खेलेको थियो ।

मोन्टीले केही दिनअघि नेपालका युवा ब्याटरहरूलाई ब्याटिङ क्लिनिकमा पनि समावेश गराउनुभएको थियो । मोन्टीको प्रशिक्षणमा नेपालले गरेको उत्कृष्ट प्रदर्शन र सफलतासँग जोडिएको उहाँको योगदानका लागि क्यानले मोन्टीलाई धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट