
काठमाडौँ । दुबईको अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष ९ करोड २३ लाख यात्रुले सेवा प्राप्त गरेका छन् ।
सन् २०१८ मा ८ करोड ९१ लाख यात्रुलाई आवत जावतका लागि सेवा दिएको दुबई विमानस्थलले गाजा युद्ध र गत अप्रिलमा आएको आकस्मिक बाढीका कारण उत्पन्न क्षेत्रीय तनावका बावजुद आफ्नो सेवामा उच्च उत्कृष्टता प्रदर्शन गर्न सफल भएको हो ।
एशिया, युरोप र अफ्रिकाको बीचमा अवस्थित संयुक्त अरब इमिरेट्स (युएई) शहर एक दशकसम्म विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक विमानस्थल बन्न सफल भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमले विज्ञप्ति जारी गर्दै विमानस्थललाई ‘विश्वव्यापी सफलताको कथा’ को संज्ञा दिँदै यसले ४ सय अन्तर्राष्ट्रिय गन्तव्यलाई लक्षित गरेको बताउनुभएको छ ।
दुबई विमानस्थलका प्रमुख कार्यकारी अधिकृत पल ग्रिफिथ्सले सन् २०२७ सम्ममा दुबईले १० करोड यात्रु ओहोरदोहोर सेवा दिनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
दुबईले अब छिमेकी साउदी अरबको रियादमा निर्माण भइरहेको एक प्रमुख नयाँ विमानस्थलबाट प्रतिस्पर्धाको अपेक्षा गरेको । विमानस्थलले शहरको बाहिरी इलाकामा अल मकतूम इन्टरनेसनल विमानस्थलमा ३५ अर्ब डलरको विस्तार र स्थानान्तरणको योजना पनि बनाइरहेको छ।
व्यापार, पर्यटन र व्यापार केन्द्रले अचल सम्पत्ति कारोबार मूल्य र बढ्दो जनसङ्ख्या वृद्धिको साक्षी रहेको युइईले पेट्रोलियम पदार्थ (इन्धन) बाहेक आफ्नो अर्थव्यवस्था को विविधीकरणको प्रयासलाई जारी राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना