
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा मृत्यु भएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्त दुःखद छ’ उहाँले एक्समा लेख्नुभएको छ– ‘आफ्ना प्रियजन गुमाएका भक्तजनहरुप्रति मेरो गहिरो समवेदना छ । ’
प्रधानमन्त्री मोदीले महाकुम्भको स्थितिबारे निरन्तर निगरानी जारी राख्दै घटनाबारे जानकारी लिइरहनुभएको छ । उहाँले बुधबार बिहानदेखि समाचार तयार पार्दासम्म तीन पटकसम्म उत्तर प्रदेश (यूपी) का मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरी स्थितिसामान्यीकरण र राहतका लागि निर्देशन प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।
‘मौनी अमावस्या’को अवसरमा ‘अमृत स्नान’का लागि सङ्गम घाटमा भक्तजनको ठूलो भीड लागेको बेला यो घटना भएको हो ।
दोस्रो ‘शाही स्नान’को दिन मनाइने ‘मौनी अमावस्या’ मा आठदेखि १० करोड मानिसको भीड लाग्ने अनुमान गरिएको छ ।
महाकुम्भमा स्नान गर्ने अन्य महत्वपूर्ण तिथिहरू वसन्त पञ्चमी (फेब्रुअरी ३), माघी पूर्णिमा (फेब्रुअरी १२) र महाशिवरात्रि (फेब्रुअरी २६) रहेका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै