
काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ५० जनाले आँखाको जाँच तथा तीन सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ ।
शहीद दिवसको अवसरमा नेपाली कांग्रेस टोखा नगर कार्यसमिति र जनकल्याण सामाजिक केन्द्रद्वारा आज आयोजित कार्यक्रमको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गर्नुहुँदै स्वास्थ्य क्षेत्रमा सामाजिक काम गर्ने स्वयम्सेवीलाई सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
‘स्वास्थ्य क्षेत्रमा शिविर राख्नका लागि आवश्यक पर्ने जनशक्ति र औषधि सरकारले सहयोग गर्छ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले सङ्घ अन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखाहरू सञ्चालनमा रहेको जानकारी दिनुहुँदै स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा प्रवाह र ५१ लाख ३३ हजार ६ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अन्धोपन निवारणका लागि साझा सहकार्य आवश्यक छ । ’
नेपाली कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले पार्टीले सामाजिक क्रियाकलापलाई पनि निरन्तरता दिँदै आएको उल्लेख गर्नुभयो ।
जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानमा पुगेर ३ सय ५२ पटक निःशुल्क स्वास्थ्य शिविर गरिसकेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै