
काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिता फागुनको दोस्रो सातादेखि हुने भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजना प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घद्वारा सूचीकृत ‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा उपाधि विजेता टोलीले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउनेछ भने उपविजेताले पाँच लाख पाउनेछ । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ । त्यस्तै हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् भने त्यसअघिका खेल सातदोबाटोमा हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै