
चितवन । चितवनमा प्रथम राष्ट्रिय डेरी महोत्सव हुने भएको छ । माघ २५ गतेदेखि प्रथम राष्ट्रिय डेरी महोत्सव सञ्चालन गर्न लागिएको हो ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र उद्योग सङ्घको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।
विदेशमा डेरीका परिकार महोत्सव हुने गरेको भए पनि नेपालमा पहिलो पटक महोत्सवका रुपमा दुध र दुग्धजन्य वस्तुको वजार प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष किशोर वगालेले जानकारी दिनुभयो । उहाँका अनुसार दुधको बजार राम्रो नभएको र भूक्तानी समयमा नआएको विषयलाई मध्यनजर गरेर महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा ७० व्यापारिक कक्ष (स्टल) रहनेछन् । त्यहाँ दुग्ध व्यवसायमा लगानी गर्ने सङ्घ–संस्था, डेरी सम्बन्धी उत्पादन, अन्तर्राष्ट्रिय स्तरका सङ्घ–संस्थाहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । माघ २५ देखि २७ गतेसम्म हुने महोत्सव दुधको बजार प्रवर्वद्धन र व्यावसायिकीकरण गर्न सहयोगी बन्ने उहाँले बताउनुभयो ।
महोत्सवमा दुध र दुग्धजन्य उत्पादनको बजारीकरण कसरी गर्ने भन्ने विषयमा समूहगत छलफल हुनेछ । महोत्सव उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै