
कालीकोट । कालीकोटमा प्रथम कालीकोट टी–२० पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता फागुन २५ गते लुम्बिनी प्रदेशमा हुने प्रधानमन्त्री पुरुष कपलाई लक्षित गरी आयोजना गरिएको हो ।
जिल्ला क्रिकेट सङ्घका अनुसार प्रतियोगिताले कर्णाली प्रदेशमा क्रिकेटको विकासमा टेवा पुर्याउनुका साथै कालीकोटलाई खेलकुदका माध्यमबाट चिनाउने लक्ष्य राखेको छ । विजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिज र इमर्जिङ प्लेयरलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष खड्गजङ्ग शाहीले जानकारी दिनुभयो ।
जिल्लामा पहिलोपटक आयोजना गरिएको खुला टी–२० क्रिकेट प्रतियोगिताले स्थानीय खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्ने अवसर दिनुका साथै खेलप्रेमीलाई हौसला प्रदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना