
काठमाडौँ। पहिलो जय नेपाल कपको उपाधि नेपालको मध्यपश्चिम विश्वविद्यालयले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज सम्पन्न फाइनल प्रतियोजितामा मध्यपश्चिम विश्वविद्यालयको टोलिले भारतको लखनउ विश्वविद्यालयको टोलीलाई ५८ रनले पराजित गरी उपाधि हात पारेको हो ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विजेता तथा उपविजेता टोलीलाई ट्रफी तथा पदक प्रदान गर्नुभएको थियो । फाइनल प्रतिस्पर्धामा टस जितेको मध्यपश्चिम टोलीले ब्याटिङ रोजेको थियो । सुरूवाती ओभरमा छिटो विकेट गुमाएर दबाबमा रहेको मध्यपश्चिमलाई देवान पुन र विपिन खत्रीले शतकीय साझेदारी खेल्दै बलियो स्थितिमा पुर्याएका थिए । विपिनले आक्रामक रूपमा २८ बल खेल्दै ५ चौका र ४ छक्कासहित ५९ बनाएका थिए भने देवानले ३६ बलमा ६ चौका र दुई चौकासहित ५८ रन बनाएका थिए ।
यसरी मध्यपश्चिमले ६ विकेटको क्षतिमा बनाएको कूल १७५ रनको जवाफमा ब्याटिङ गर्न उत्रिएको लखनउ विश्वविद्यालयको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सकेको थियो । लखनउ विश्वविद्यालयका तर्फबाट मनन कन्डवाले सर्वाधिक ५८ रन बनाएका थिए ।
प्रतियोगितामा पाँच खेलमा ११ विकेट लिएका विपिन खत्री प्रतियोगिताको सर्वोकृष्ट बलर एवं ‘प्लेयर अफ द टुर्नामेन्ट’ को घोषित भए भने लोकेन्द्र बम सर्वोत्कृष्ठ ब्याटर घोषित भए । उनले प्रतियोगिताका चार प्रतिस्पर्धामा २०५ को स्ट्राइक रेटमा कुल दुई सय ५३ रन बनाएका थिए । नेपाल विद्यार्थी सङ्घको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
जस अनुसार समूह ‘ए’ त्रिभुवन विश्वविद्यालय, ढाका विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र भारतको बिहारस्थित बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय थिए । त्यस्तै समूह ‘बी’ मा काठमाडौँ विश्वविद्यालय, भारतका लखनऊ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय र नेपालको मध्यपश्चिम विश्वविद्यालय थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु