
खोटाङ । केपिलासगढी गाउँपालिकाद्वारा आयोजित अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले कब्जा (पच) गरेको छ । तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार तेस्रो पटक विजयी भएपछि सोमबार पृथ्वी माविले शिल्ड कब्जा गरेको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७०, पाँचौँ संशोधन २०८० मा उल्लेख भएअनुसार लगातार तीन पटकसम्म रनिङ शिल्ड प्रतियोगितामा विजयी हुनेले सो रनिङ शिल्ड सधैँका लागि राख्न पाउने व्यवस्था छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो कराँते र तेक्वान्दोसहित २६ स्वर्ण, २१ रजत २५ कास्य पदक ल्याएर पृथ्वी माविले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
माघ ११ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ स्वर्ण, तीन रजत, एक कास्य पदकसहित शुक्रजित मावि दोस्रो र तीन स्वर्ण, छ रजत र एक कास्य पदकसहित जालपा मावि बाक्सिला तेस्रो भएको छ ।
प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ५० हजार, ४५ हजार र ४० हजार रुपैयाँ पुरस्कारको साथमा शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिका प्रमुख समिर राई, प्रमुख प्रशासकीय अधिकृत शौधन राई लगायतले पुरस्कार वितरण गर्नुभएको छ ।
प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित नौवटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनोट भएका विद्यार्थीहरुले नवौँ जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
केपिलासगढी गाउँपालिकासँगै हलेसी तुवाचुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ र बराहपोखरी गाउँपालिकाले पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु