
काठमाडौँ। एन्फा महिला लिगको अन्तिम चरणको दोस्रो क्वालिफायर खेलमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
खेलको निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरीमा खेल सकियपछि खेल ३० मिनेटको अतिरिक्त समयतर्फ धकेलिएको थियो । त्यसपछि अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन् र अन्ततः खेल टाइब्रेकरमा पुगेको हो ।
पुलिसको जितमा गोलकिपर उषा नाथ नायक बनिन् । उनले आर्मीको तीन पेनाल्टी प्रहार रोक्दा एक गोल गरिन् । टाइब्रेकरमा पुलिसका लागि गोलकिपर उषा नाथ र बिर्सना चौधरीले गोल गर्दै टिमलाई जित दिलाए । सम्झना लावती, समीक्षा घिमिरे र निरू थापाको प्रहारलाई आर्मीकी किपर अञ्जना रानामगरले बचाइन् ।
आर्मीका लागि अञ्जनाले मात्र गोल गरिन् । चन्द्रा भण्डारी, अनिता लम्जेल र विमला विकेको प्रहारलाई किपर उषाले रोकिन् । विमला चौधरीको प्रहार भने बाहिरिएको थियो । यससँगै पुलिसले एपिएफ क्लबसँग यही माघ १६ गते उपाधिका लागि खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु