
काठमाडौँ । आप्रवासी मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि कोलम्बिया अमेरिकाका सबै सर्त स्वीकार गर्न सहमत भएको छ। ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।
‘कोलम्बियाली सरकार राष्ट्रपति डोनाल्ड ट्रम्पका सर्त पूरा गर्न सहमत भएको छ, जसमा अमेरिकी सैन्य विमानबाट निर्वासित कोलम्बियाली अवैध आप्रवासी स्वीकार गर्ने समावेश छ’, ह्वाइट हाउसले विज्ञप्तिमा भनेको छ।
ह्वाइट हाउसको विज्ञप्तिअनुसार यस सम्झौताअन्तर्गत कोलम्बियामाथि कर र प्रतिबन्ध लगाउने मस्यौदा सुरक्षित राखिनेछ। कोलम्बिया सम्झौताको सम्मान गर्न असफल भयो भने यसमा हस्ताक्षर गरिने छैन।
यसअघि कोलम्बियाले निर्वासित आप्रवासी बोकेको अमेरिकी विमानलाई आफ्नो देशमा अवतरण गर्न अनुमति दिएको थिएन। कोलम्बियाले आप्रवासी बोकेका अमेरिकी विमान सैन्य विमान भएको आरोप लगाएको थियो।
यसपछि ट्रम्पले कोलम्बियाली अधिकारीहरूको अमेरिका यात्रामा प्रतिबन्ध लगाउने र तत्काल भिसा रद्द गर्ने चेतानवी दिएका थिए। तर अब कोलम्बिया अमेरिकामा अवैध रूपमा बसेका आफ्ना नागरिक फिर्ता लिन सहमत भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु