
पर्सा । वीरगञ्ज भन्सार नाकाबाट निर्यात बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा २९ अर्ब २७ करोड ८२ लाख ४ हजार रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।
आव २०८० र ८१ को ६ महिनाको तुलनामा चालु आवको यही अवधिमा निर्यात शतप्रतिशत अर्थात् १४ अर्ब ७१ करोड रुपैयाँले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सारले जनाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको ६ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकीमुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताउनुभयो । ‘गत आवको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ’ उहाँले भन्नुभयो– ‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात करिब दोब्बर भएको हो ।’
गत आवको ६ महिनामा यो नाका हुँदै १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो । कार्यालयले चालु आवको ६ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत १७ करोड ६६ लाख ६३ हजार रुपैया राजस्व सङ्कलन गरेको थियो ।
गत आवको त्यही अवधिमा निर्यात गरेवापत भने ् १० करोड तीन लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडा लगायत छन् ।
वीरगञ्ज नाका हुँदै चालु आवको ६ महिनामा २ खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । त्यसैगरी, गत आवको ६ महिनाकै अवधिमा भने २ खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार रुपेयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो ।
गत आवको तुलनामा चालु आवको त्यही अवधिमा आयात पनि छ दशमलव ४५ प्रतिशतले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु