+

वायु प्रदुषणका कारण थाइल्याण्डका २ सय विद्यालय बन्द

काठमाडौँ । वायु प्रदुषणका कारण थाइल्याण्डका २ सय विद्यालय बन्द भएका छन् ।  वायु प्रदूषणका कारण बैङ्ककका करिब २ सय विद्यालय बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्।


मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशलाई जस्तै थाइल्याण्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ । चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको प्रदूषणले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालयले बिदा दिएका हुन्।

आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैङ्कक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख शहर बनेको छ । पीएम २।५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले २४ घण्टे औसत एक्सपोजर एक वर्षमा अधिकांश १५ दिनभन्दा बढी हुन नहुने सुझाव दिएको छ । यसै साताको शुरुमा बैङ्ककका अधिकारीहरूले पीएम २।५ को उच्च स्तर भएका क्षेत्रका विद्यालय बन्द गर्न सकिने बताएका थिए।

बिहीबार बिहानसम्म बैङ्कक महानगरीय प्राधिकरण अन्तर्गतका ४ सय ७ विद्यालयमध्ये १ सय ९४ विदालय विद्यालय बन्द भएका छन् । बन्दले हजारौं विद्यार्थीको पठनपाठनलाई प्रभावित पारेको छ । राजधानीका अन्य दर्जनौँ विद्यालय महानगरको मातहतमा छैनन् र तथ्याङ्क पनि उपलब्ध छैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट