
काठमाडौँ । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या अभियोगमा ५ जनालाई मृत्युदण्डको फैसला सुनाएको छ ।
सन् २०२१ को जनवरीमा ती पुरुषले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगी सामुहिक बलात्कार गरेका र परिवारका अन्य सदस्यले प्रतिरोध गर्न खोजेपछि सबै जनाको हत्या गरेका थिए ।
सरकारी वकिल सुनिलकुमार मिश्रले एएफपीलाई बताएअनुसार बलात्कार रोक्न खोज्दा किशोरीका बुबा र उनको तीन वर्षीया भतिजीको हत्या गरेका थिए ।
केही दिनपछि गाउँलेले अचेत अवस्थामा फेला पारेकी किशोरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको मिश्रले बिहीबार बताउनुभयो ।
छैटौं व्यक्तिलाई ‘अपराधमा संलग्न भएको अभियोगमा दोषी ठहर गरियो, तर बलात्कारमा उसको संलग्नता प्रमाणित भएन, त्यसैले उसलाई हत्या अभियोगमा आजिवन जेल सजाय सुनाइएको’ उहाँले बताउनुभयो ।
भारतमा मृत्युदण्डको व्यवस्था भएपनि व्यवहारमा यो विरलै दिइने सजाय हो ।
एक अर्ब ४० करोड जनसङ्ख्या रहेको भारतमा सन् २०२२ मा दैनिक औसतमा ९० वटा बलात्कारका घटना भएका छन्।
पूर्वी शहर कोलकाताको एक अदालतले गत वर्ष ३१ वर्षीया एक डाक्टरको बलात्कार र हत्या गरेको अभियोगमा एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
गत अगष्टमा सरकारी अस्पतालमा उनको रगताम्य शव फेला परेपछि राष्ट्रव्यापी आक्रोश र महिला हिंसाको दीर्घकालीन मुद्दालाई लिएर विरोध प्रदर्शन भएको थियो । सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको विभत्स प्रकृतिको तुलना गरिएको थियो।
सन् २०२० को मार्चमा बस आक्रमणमा दोषी ठहरिएका चार जनालाई मृत्युदण्ड दिइएको थियो ।
गत हप्ता दक्षिणी राज्य केरलामा एक किशोरीमाथि पटक–पटक यौन दुव्र्यवहार गरेको आरोपमा चार दर्जनभन्दा बढी पुरुषलाई पक्राउ गरिएको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु