
सुदूरपश्चिम। प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सुपर फोरको खेलमा एपिएफ क्लब विजयी भएको छ ।
धनगढीस्थित फाप्ला मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई १० विकेटले पराजित ग¥यो । जितसँगै एपिएफ फाइनल नजिक पुगेको छ । जितका लागि पाएको ४३ रनको लक्ष्य एपिएफले छ दशमलव पाँच ओभरमा बिना विकेटको क्षतिमा पूरा ग¥र्याे । त्यसमा ममता चौधरी अविजित २३ र राजमती ऐरी १४ रनमा नटआउट रहिन ।
यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले १८ ओभरमा आठ विकेटको क्षतिमा ४२ मात्रै जोड्न सक्यो । हुस्सुका कारण १८ ओभरमा झारिएको खेलमा बागमतीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । बलिङमा एपिएफका सुमन विष्टले तीन, रेखा रावल र विनु बुढाले २/२ विकेट हात पारिन । सुमन प्लेयर अफ द म्याचसमेत चुनिइन ।
यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १२ गते सम्पन्न हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई रु २५/२५ हजार पुरस्कार दिइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु