
रुपन्देही । जथाभावी छाडा चौपाया छोड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन शुरु गरेको छ ।
छाडा चौयापा नियन्त्रण र व्यवस्थापन अभियान शुरु गरेको नगरपालिकाले चौपाया धनीलाई पहिलो पटकमा सात हजार जरिवाना तिराएको हो ।
नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गत सातादेखि अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तरगत हालसम्म ७८ गाई गोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला) ले जानकारी दिनुभयो ।
‘छाडा चौपाया आफ्नो भनी दाबी गर्न आउनुभएका २ जनालाई ७ हजार रुपैयाँका दरले जरिवाना गरेर गाई जिम्मा लगाएका छौँ’ यादवले भन्नुभयो– ‘छाडा चौपाया नियन्त्रणका लागि स्थानीय सरकारले गरेको निर्णय बमोजिम पहिलो पटकलाई ७ हजार रुपैयाँ जरिवाना गराई फेरी छाडा नछोड्ने सर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।’
गत वर्ष नवलपरासीको गौशालामा चौपाया व्यवस्थापन गरेको नगरपालिकाले हाल कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा रहेको गौशालामा चौपाया व्यवस्थापन गर्न थालेको छ ।
छाडा चौपायाले सडकमा जाम गर्नुका साथै बालीनाली खाइदिन थालेपछि छाडा चौपाया व्यवस्थापन अभियान थालिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तिायक अहमद खानले बताउनुभयो ।
गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउने र बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखट्ने गरेकाले नगरमा छाडा चौपायाको समस्या हुने गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु