
रामेछाप । १५ शैयाको मन्थली अस्पतालको नवनिर्मित भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
भारत सरकारको आर्थिक सहयोगमा १० करोड १३ लाख रुपैयाँको लागतमा निर्मित दुईतले नगर अस्पतालको भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख सुमन सालिकेले बुधबार मन्थली नगर प्रमुख लव श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
उहाँले मन्थली नगरका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशव धामी र निर्माण व्यवसायी सजन श्रेष्ठको रोहवरमा हस्तान्तरण गर्नुभएको हो ।
नगर प्रमुख श्रेष्ठले अस्पतालको सञ्चालन र व्यवस्थापन गर्न पालिकालाई सहज भएको बताउनुभयो । साथै उहाँले नयाँ भवन भएपछि अस्पतालको सेवा विस्तार गर्ने सोचमा आफू रहेको जानकारी पनि दिनुभयो ।
नगरको योजनाअनुसार मन्थली अस्पताललाई प्रदेश अस्पतालका रूपमा विस्तार गर्ने योजना उहाँले सुनाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु