
मोरङ । पथरी शनिश्चरे वडा नम्बर ८ का सुप्रिम विक र पर्वत चौधारी सहित विद्यार्थीको दैनिकी फेरिएको छ । उनीहरूले विद्यालयमा सिकेको सीपले गाउँघरमा समेत सहयोग पाएको छ ।
उनीहरू पथरी शनिश्चरे–८ को बुद्ध माविमा कक्षा ९ र १० मा अध्ययन गर्छन् । अध्ययनसँगै इलेक्ट्रि«कसिटी, प्लम्बिङ पशुपालन तालिम लिँदै आएका छन् । विद्यालयमा शुरु गरेको पशुपालन, इलेक्ट्रि«कसिटी, प्लम्बिङ, फेसन डिजाइन, नृत्य र गायनले विद्यार्थीमा सीपको विकास भएको छ । विद्यालयमा शिक्षासँगै सिकेको सीप कार्यक्रमले विद्यार्थी पर्वत चौधारीलाई आत्मबल बढेको छ । उनीले विद्यालयमा इलेक्ट्रिोनिक विषयको तालिम लिइरहेका छन् । अहिले उनी गाउँघरका विद्युत्का सामान्य समस्या हेर्न र बनाउन थालिसकेको छन् ।
त्यस्तै पशुपालन विषयका तालिम लिइरहेका सुप्रिम विकको परिवारमा कृषि क्षेत्रमा ठूलै सहयोग पुर्याउने छ । उनी पशुपालन र व्यवस्थापन मात्र नभएर सामान्य रोगको निदान र उपचारका विषयमा अध्ययन गर्न थालेका छन् । वडाले ल्याएको कार्यक्रमले सुरुमा निकै प्रशंसा पाएको थियो । वडाले शुरु गरेको कार्यक्रमलाई पथरी शनिश्चरे नगरपालिकाले पनि सहयोग पुर्याएको छ । वडाभित्रका तीन विद्यालयले सुरु गरेको शिक्षासँगै सीप कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
यही आर्थिक वर्षबाट शुरु भएको .कार्यक्रमबाट विद्यार्थीले प्रत्यक्ष लाभ लिइरहेका छन् । विद्यार्थीलाई प्रारम्भिक र सैद्धान्तिक ज्ञानसँगसँगै प्राविधिक र व्यावहारिक ज्ञानले आत्मनिर्भर बनाउने उद्देश्यले वडाले कार्यक्रम सञ्चालनमा ल्याएको हो । वडाको बुद्ध मावि, मिलन आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयमा शिक्षासँगै सीप कार्यक्रम शुरु भएपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । आधारभूत विद्यालयमा नृत्य र गायनका कक्षा सुरु भएको छभने बुद्ध माविमा पशुपालन, इलेक्ट्रि«कसिटी, प्लम्बिङ र फेसन डिजाइनका कक्षा सुरु भएको छ । यसका कारण विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् ।
वडाध्यक्ष नवीन कार्कीका अनुसार वडाले वार्षिक कार्यक्रम बनाएरै शिक्षासँगै सीप कार्यक्रम शुरु गरेको छ । हामीले तालिम सञ्चालन गर्नुको उद्देश्य सैद्धान्तिक शिक्षासँगै व्यावहारीक शिक्षा पनि लागू गर्नु हो । एउटा विद्यार्थीले आफ्नो घरको सामान्य समस्या समाधान गर्न अर्को व्यक्ति बोलाउने बाध्यता हटाउन यो कार्यक्रम शुरु गरिएको हो । विद्यालय जीवनबाट बाहिरिँदा दक्ष प्राविधिक भएर निस्कन सहयोग होस् भनेर कार्यक्रम थालिएको हो ।
वडाले सुरु गरेको कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारमा पनि पोख्त बनाउने बुद्ध माविका प्रधानाध्यापक बोधराज सिग्देलले बताउनुभयो । यसले घरमै भएका सामान्य समस्यालाई प्राविधिक बोलाएर समय र पैसा खर्चनुभन्दा विद्यालयमा सिकेका सीपले विद्यार्थीमा रोजगारी सृजना हुने प्रध्यानाध्पक सिग्देल बताउनुहुन्छ ।
यो कार्यक्रमलाई नगरभरिका विद्यालयमा लागू गर्न सके स्वदेशमै दक्ष जनशक्ति उत्पादन हुने र स्वरोजगारी हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री