
मर्चवार। लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ ।
बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरूको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदह र रामग्रामबाट सञ्चालन गरिने कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले बताउनुभयो । देवदह शीतलनगरबाट मणिग्राम, भैरहवा बेलहिया विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा बिजुली बस सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
कोषाध्यक्ष भट्टराईका अनुसार साताको तीन दिन देवदह र तीन दिन बुद्धको अस्तुधातुस्थित रामग्रामबाट बिजुली बस सञ्चालन गर्नेगरी नयाँ रुट बनाइएको हो । उहाँले कोषले बहत्तर लुम्बिनी क्षेत्रको तीर्थयात्रुलाई सेवा दिनेगरी बिजुली बस सञ्चालनमा ल्याइएको बताउँदै अहिले दानपेटिका राखेर निःशुल्क सेवा प्रदान गरिँदै आइएको जानकारी दिनुभयो ।
उहाँले धार्मिक क्षेत्रका स्थानीय पालिका, सामुदायिक सङ्गठन र सङ्घसंस्थासँग सहकार्य र समन्वय गरी कोषको समयसापेक्ष नीतिसहित स्थानीयसँग लुम्बिनी कार्यक्रम अवधारणालाई व्यवहार ल्याउने प्रतिबद्धता जनाउनुभयो । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँच वटामध्ये दुई बस धम्मयात्रा लेखेर परीक्षणस्वरुप सञ्चालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री