
काठमाडौँ । नेपाल–चीन–भारतको त्रिदेशीय पर्यटन प्रवर्द्धनको रणनीति बनाउन भारतको नयाँदिल्लीमा सरोकारवालाबीच छलफल भएको छ ।
आउने फागुन १२ देखि १४ सम्म पोखरामा आयोजना हुने ‘नेपाल–इन्डिया–चाइना’ एक्स्पो (नाइ) कार्यक्रमका लागि भारतमा सहकार्य तथा साझेदारीलाई सुदृढ बनाउन भारतका व्यवसायीसँग छलफल गरिएको प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आज विज्ञप्तिमार्फत जनाएको छ ।
पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल र भारतका लागि नाइस सद्भावनादूत उपल मजुमदारले माघ २ गतेदेखि ४ सम्म नयाँदिल्लीमा भारतका प्रतिष्ठित पर्यटन संस्थाका प्रतिनिधिसँग नाइसलाई प्रभावकारी बनाउनेबारे छलफल गर्नुभएको हो ।
छलफलमा प्रतिष्ठित पर्यटन व्यवसायी ग्रिश बिन्द्रा, ट्राभल एजेन्ट्स एशोसिएसन अफ इन्डिया उत्तरी क्षेत्रका अध्यक्ष नीरज मलहोत्रा, पाटा इन्डियाका कार्यकारी निर्देशक रुनिप साङ्घा र प्रबन्धक पुनम राजपूत, ग्लोबल एशोसिएसन अफ इभेन्ट्स एण्ड हस्पिटालिटी प्रोफेसनल्सका अध्यक्ष राजेश आर्या र महासचिव प्रणव बन्सल, इन्डिया कन्भेन्सन प्रमोशन ब्यूरोका उपाध्यक्ष चन्दर मान्शारामानी र कार्यकारी निर्देशक अनुज वाधवा, आउटबाउन्ड टुर अपरेटरस एशोसिएसन अफ इन्डियाका उपाध्यक्ष शर्वन भल्ला, अगोडाकी वरिष्ठ रणनीतिक प्रबन्धक दिविता यादवलगायत इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट म्यानेजमेन्ट एशोसिएसनकी कार्यकारी निर्देशक प्रिती खन्नासँग भेटघाट तथा सहकार्यका लागि छलफल गरिएको विज्ञप्तिमा उल्लेख छ ।
गत डिसेम्बरमा चीनको प्रवर्द्धनात्मक भ्रमणपश्चात् भारतमा गरिएको यस सहकार्यले नाइस कार्यक्रममा सहभागी हुने क्रेताहरु र बिक्रेताबीच सम्बन्ध बिस्तार तथा पर्यटन व्यापार आदानप्रदानको खोज, स्थापना र विस्तारका गर्न प्रस्तुत कार्यक्रम एक महत्वपूर्ण मञ्चका रूपमा काम गर्ने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत बुडालले बताउनुभयो ।
भारतमा अवस्थित सबै सम्मानित व्यक्तित्वहरू एवं सङ्घसंस्थाले क्षेत्रीय पर्यटनको प्रवर्द्धन, वृद्धि र सीमापार सहकार्यलाई बढावा दिने नेपालको पहललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री