
बैतडी । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’मा प्रवेश गरेको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि १० विकेटको जीत निकालेको हो ।सुदूरपश्चिमले यसअघि गण्डकी र लुम्बिनी प्रदेशलाई हराएको थियो । जीतसँगै सुदूरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
निर्धारित २० ओभरको खेल वर्षाका कारण ५ ओभरमा सीमित गरिएको थियो । जीतका लागि पाएको २१ रनको लक्ष्य सुदूरपश्चिमले १।३ ओभरमा बिनाविकेट भेट्टायो । सुदूरपश्चिमका लागि कविता कुँवरले १४ र मनिषा बोहराले ५ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा २० रन बनाएको थियो । उसका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि प्लेयर अफ दी म्याचसमेत चुनिएकी आशिका महराले ३, कविता कुँवरले २ र रितु कनौजियाले एक विकेट लिइन् ।
माघ १ गतेदेखि शुरू भएको प्रतियोगिता ९ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपिएफ र आर्मीको टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन् । प्रतियोगिताको उपाधि जित्नेले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छ । यस्तै दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ दी सिरिजलाईरु ५० हजार तथा बेस्ट ब्याटर र बेस्ट बलरलाई २५÷२५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारको रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री