+

अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश : कांग्रेस नेता श्रेष्ठ

चितवन ।  नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी भएको स्पष्ट गर्नुभएको छ । 


उहाँले आज पत्रकारहरूसँग कुरा गर्दै सदन सञ्चालन नभएका बेला अत्यावश्यक ऐनकानुन  अध्यादेशमार्फत जारी हुनु न्यायसङ्गत भएको तर्क गर्नुभएको हो । 

उहाँले भन्नुभयो– ‘अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको हो । व्यवसायीका निराशालाई आशामा बदल्न अध्यादेश आवश्यक थियो ।’ ऐन कानुनले केही विषय बाँधिएकाले संशोधनस्वरुप अध्यादेश ल्याइएको उहाँको भनाइ छ । 

फरक प्रसङ्गमा उहाँले वर्तमान सत्ता समीकरण कसैले चाहँदैमा परिवर्तन नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कांग्रेस र एमालेबीचमा भएको समझदारी अनुसार नै सरकारले काम गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै