
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को महाधिवेशन भोलि (शुक्रबार ) हुँदैछ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट फुटेर एक समूहले धर्मेन्द्र बास्तोला ‘कन्चन’को नेतृत्वमा नेकपा बहुमत बनाएको हो । बहुमतले यो महाधिवेशनलाई नवौं भनेको छ ।
पार्टीका प्रचार(प्रसार इन्चार्ज गुणराज लुइटेलले महाधिवेशन शुक्रबार दिउँसो ११ बजे काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा उद्घाटन हुने जानकारी दिनुभएको छ ।
नेकपा बहुमतका संयोजक बास्तोलाले महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचना लगायतका विषयमा छलफल हुने बताउनुभएको छ ।
विप्लवबाट छुट्टिएपछि मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको बुहुमत पछि त्यहाँबाट पनि अलग भएको हो । बहुमतका तत्कालीन नेता हेमन्तप्रकाश ओली (सुदर्शन) भने वैद्यकै पार्टीमा हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव