
मोरङ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले भूकम्पबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न भवन निर्माण ऐनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज विराटनगरमा २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रदेश सरकारले भवन निर्माण ऐन ल्याउने तयारी गरिरहेको बताउनुभयो ।
ऐनमा मन्त्रालयका प्राविधिकद्वारा अनुगमन गरी नक्सापासको स्वीकृति दिने प्रावधान रहेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । उहाँले सरकारले सुरक्षा निकायलाई साधन सम्पन्न बनाएर विपद्को जोखिममा क्षति न्यूनीकरणका लागि कार्य गरिरहेको बताउनुभयो ।
भौतिक पूर्वधार विकास मन्त्रालयका सचिव अशोक साह, इञ्जिनीयर अरविन्द बस्नेत र कानुन मन्त्रालयका सहसचिव कमल थापाले भवन निर्माण गर्दा अपनाउनु पर्ने कार्यविधि, भूकम्प आउँदा कसरी सुरक्षति हुनेलगायत विषयमा जानकारी प्रस्तुत गर्नुभएको थियो
विपद् जोखिम समन्वय विज्ञ रामकुमार दाहालले भूकम्प प्रतिरोधी बलियो संरचना निर्माण, सुदृढ पूर्वतयारी र सचेतना यसअघि आएका भूकम्पले सिकाएको पाठ भएको बताउनुभयो ।
भूकम्पबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न भूकम्प प्रतिरोधी भवन निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव