+

संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने प्रतिपक्षी दलको निर्णय

काठमाडौँ । संसद अधिवेशन बोलाउन सरकारलाई प्रतिपक्षी दलले दबाब दिने भएका छन् । प्रतिपक्षी दलको बुधबार बिहान बसेको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन दिने निर्णय गरेको छ ।


प्रतिपक्षी दलको बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष समेत निकालेको छ । बैठकमा सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णय समेत भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगनाथ खतिवडाले जानकारी दिनुभएको छ ।

बैठकमा एकीकृत समाजवादीका माधवकुमार नेपाल र बेदुराम भुसाल नेकपा माओवादी केन्द्रबाट अध्यक्ष  पुष्पकमल दाहाल (प्रचण्ड’ नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डीपी अर्याल,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बुद्धिमान तामाङ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, र नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी हुनुहुनथ्यो । 

बैठकले विपक्षी दलको संयुक्त वक्तव्य बनाउने जिम्मेवारी एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषाललेमाओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई दिएको छ । विपक्षी दलको बैठक बिहीबार पुन बस्नेछ । बिहीबारको बैठकपछि संयुक्त वक्तव्य जारी गरी संसद अधिवेशन बोलाउन दबाब दिने  प्रतिपक्ष दलको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै