
बागमती । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भूकम्पको सम्भावित क्षतिबारे आत्तिनुभन्दा सुरक्षात्मक उपाय अपनाउनुपर्ने बताउनुभएको छ ।
सत्ताइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ का अवसरमा जारी शुभकामना सन्देशमा उहाँले भूकम्पीय सचेतना र सुरक्षाको महत्वलाई आम समुदायसमक्ष पुर्याउन आवश्यक छ भन्नुभयो ।
विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्पको सम्झनामा मनाइने यो दिवसले नागरिकमा सचेतना अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वासका साथ प्रदेश प्रमुख देवकोटाले शुभकामना व्यक्त गर्नुभएको हो । यस वर्षको दिवस ‘भूकम्पले सिकाएको पाठः बलिया संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित मनाइँदैछ ।
सन्देशमा भूकम्प प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न नसकिने तर सुरक्षित संरचना, सावधानी र पूर्वतयारीका उपाय अपनाएर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिने उल्लेख छ । ‘हामीले बलिया र सुरक्षित संरचना निर्माणमा ध्यान दिनुका साथै सम्भावित क्षतिलाई न्यून गर्न पूर्वसावधानी र प्रतिकार्यका उपाय अपनाउनुपर्छ’ सन्देशमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव