
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले सोमबार कृत्रिम बौद्धिकता (एआई) का लागि प्रयोग हुने उन्नत कम्प्युटिङ चिपमा नयाँ निर्यात नियम सार्वजनिक गरेको छ ।
यसले मित्र राष्ट्रलाई बिक्री सहज बनाउने र चीन जस्ता देशको पहुँचलाई थप सीमित गर्ने लक्ष्य राखेको छ । बन्द एआई मोडेलका लागि तौलका नियम पनि समावेश भएका प्रतिबन्ध सन् २०२३ मा चीनमा केही एआई चिप निर्यात गर्ने सम्बन्धमा घोषणा गरिएका प्रतिबन्धमा आधारित छन् ।
अमेरिकाले चीनलाई उन्नत अर्धचालक (सेमीकन्डक्टर) हरूकोे क्षेत्रमा रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्दछ । ‘अमेरिकाले अहिले एआई विकास र एआई चिप डिजाइन दुवैमा विश्वको नेतृत्व गरिरहेको छ र हामीले यसलाई यसरी नै राख्नु महत्त्वपूर्ण छ’ वाणिज्यमन्त्री जिना राइमोन्डोले पत्रकारहरूलाई भन्नुभयो । नयाँ नियमले चिपमाथिको नियन्त्रणलाई अद्यावधिक गर्दै निर्यात, पुनःनिर्यात र देशभित्रको स्थानान्तरणका लागि अधिकृत स्वीकृति आवश्यक पर्ने व्यवस्था गरेको छ । साथै अमेरिकाको मित्र मानिएका देशहरूका लागि विभिन्न छुट पनि समावेश गरेको छ ।
यसैबीच एआई डाटा सेन्टरले चिप आयात गर्न सक्षम हुन बढाइएका सुरक्षा मापदण्डहरूको पालना गर्न आवश्यक छ । ‘यी नियमले हाम्रा रणनीतिक प्रतिस्पर्धीहरूलाई तस्करी र दूर पहुँचको माध्यमबाट हाम्रो निर्यात नियन्त्रण छल्न कठिन बनाउँछ’ ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भन्नुभयो– ‘साथै विश्वभरका हाम्रा साथी र साझेदारलाई उन्नत एआईका लागि विश्वसनीय विक्रेता प्रयोग गर्न प्रोत्साहन सिर्जना गर्छ ।’
राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको आगामी प्रशासनलाई सम्भावित परिवर्तन गर्न समय दिँदै राइमोन्डोले नयाँ नियम १२० दिनमा लागु हुने जानकारी दिनुभयो । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा चीनमाथि भारी भन्सार महशुल लगाउनुभएको थियो । यद्यपि सिलिकन भ्यालीमा उहाँका समर्थकले यी नियमलाई आफ्ना उत्पादन निर्यात गर्ने क्षमतामा अनावश्यक बोझको रूपमा पनि हेर्न सक्छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री