
काठमाडौँ । आइसिसी यू-१९ महिला विश्वकपअघिको अभ्यास खेलमा वेस्ट इन्डिजले नेपाललाई ११० रनको लक्ष्य दिएको छ। मलेसियाको नेगेरी सेम्बिलनमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेटको क्षतिमा १०९ रन बनायो।
वेस्ट इन्डिजका लागि कप्तान समरा रामनाथले २५ रन बनाइन्। सीमाना केसीको बलमा रचना चौधरीबाट क्याच हुनुअघि उनले ३३ बलमा ३ चौका प्रहार गरिन्। जहजारा क्लाक्सटनले नटआउट २२ रन र अबिगल ब्राइसले १९ रन जोडिन्।
११ बल खेलेकी अबिगलले अन्तिम ओभरमा नेपालकी कप्तान पूजा महतोलाई तीन चौका प्रहार गरेकी थिइन्। तर अन्तिम बलमा उनी रनआउट भइन्। अन्तिम ओभरमा पूजाले १६ रन खर्चिदा वेस्ट इन्डिजले सय रन कटाएको थियो।
बलिङमा नेपालका सीमाना केसी र रचना चौधरीले एक एक विकेट लिए।
विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। यो समूहबाट नेपालले कम्तिमा पनि सुपर-६ मा पुग्ने लक्ष्य बनाएको छ।
विश्वकपको खेलअघि नेपालले वेस्ट इन्डिज र अमेरिकासँग अभ्यास खेल खेल्न लागेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री