
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ दशमलव ११ अंकले बढेर दुई हजार ६ सय २६ दशमलव ३१ को बिन्दुमा कायम भएको छ ।
आज ३ सय १२ कम्पनीको एक करोड २७ लाख ४६ हजार चार सय १० कित्ता शेयर ६४ हजार ९ सय १७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ रुपैया बराबरको कारोबार भएको छ । कूल बजार पुँजीकरण ४३ खर्ब ५६ अर्ब ६० करोड ९८ लाख ६४ हजार रुपैया कायम भएको छ ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ३२ प्रतिशत र व्यापार समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैङ्क समूह एक दशमलव ७५ र वित्त समूह एक दशमलव ६२ प्रतिशतले बढेको छ । बैङ्किङ शून्य दशमलव ७६, होटल तथा पर्यटन शून्य दशमलव ९४, जलविद्युत् शून्य दशमलव ७१, लगानी शून्य दशमलव ९६, जीवन बीमा शून्य दशमलव २८, लघुवित्त शून्य दशमलव ९५, म्युचुअल फन्ड शून्य दशमलव ११, निर्जीवन बीमा शून्य दशमलव ५६ र अन्य समूह शून्य दशमलव ४९ प्रतिशतले बढेको छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छभने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
जानकी फाइनान्स कम्पनी लिमिटेडको आज सबैभन्दा धेरै २० करोड सात लाख ४२ हजार ६ सय ५२ रुपैया बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को १७ लाख ७३ हजार आठ सय १० कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने