
काठमाडौँ । केही दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने बढेको छ । परिसूचक सोमबार २८ दशमलव ९१ अंक अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर २ हजार ६ सय १२ दशमलव २० विन्दुमा पुगेको छ ।
आज विभिन्न ३ सय २८ कम्पनीका ८९ लाख आठ हजार आठ सय ५१ कित्ता शेयर ५५ हजार ९ सय ३८ पटक खरिदबिक्री हुँदा चार अर्ब ४३ करोड २४ हजार ६ सय ३ रुपैयाँमा कारोबार भएको छ ।
आजको कारोबारपछि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ९ दशमलव ९९ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडको ९ दशमलव ९३ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य आठ दशमलव ८६ प्रतिशतले बढेको छ ।
त्यसैगरी मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा कूल ४२ वटाकम्पनीको शेयर मूल्यमा रातो देखिएको छ ।
नेप्सेका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंकको तीन दशमलव १६ प्रतिशत, पिपुल्स पावर लिमिटेडको दुई दशमलव ३१ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को एक दशमलव ९० प्रतिशत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य एक दशमलव ८६ प्रतिशतले ओरालो लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने