
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई रु १० लाख सहयोग गरेको छ । एनआरएनएको मुख्यालय बालुवाटारमा आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो ।
सङ्घले नेपाली भलिबल राष्ट्रिय टिमलाई रु आठ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि रु दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि रु सात लाख ५० हजार र एनआरएनए इलाम गोल्ड कपका लागि रु पाँच लाख आर्थिक सहयोग गरेको सङ्घका अध्यक्ष बद्री केसीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सङ्घले धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रु एक करोड २५ लाख बराबरको अक्सिजन प्लान्ट स्थापना स्थापना गरेको छ । साथै वैदेशिक रोजगारीका क्रममा कङ्गोमा निधन भएका डोटी स्थायी घर भएका सुरेश सिल्लाको परिवारको रु २६ लाख ६१ हजार आर्थिक सहयोग गरेको सो अवसरमा जानकारी दिइयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय