
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट २८ लाख ४२ हजार रुपैयाँ सङ्कलन भएको छ ।
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट २८ लाख ४२ हजार रुपैयाँ सङ्कलन भएको छ ।
साथै पालिकाले त्यो रकमबाट तीन रोपनी जग्गा खरिद गरेको छ ।खेलकुद गतिविधि सञ्चालन गर्न मैदान आवश्यक परेकाले जग्गा खरिद गरिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।
‘समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको जग्गामा खेलमैदान बनाउन गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ’ उहाँले भन्नुभयो ।
खेलमैदान बनाउन घारखोला जलविद्युत् आयोजनाले १३ लाख ५० हजार, पाँच लाख ५५ हजार चन्दा सङ्कलन, हाल जापानमा रहनुभएका घारका ददीवल खड्काबाट पाँच लाख, घार कोटमन्दिरबाट एक लाख ६५ हजार रुपैयाँका साथै अन्य दाताबाट रकम प्राप्त भएको उहाँल जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध