
सुर्खेत । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे पाँच वर्षदेखि अलपत्र छ ।
क्याराभान कन्ट्रक्सनले काम नै शुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई ठेक्का बेचेको छ तर उसले पनि दुई वर्षभन्दा बढी समयदेखि काम गर्न सकेको छैन । भेरी कोरिडोरबीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडकसमेत निर्माण हुन मुस्किल भएको छ ।
तीन जिल्लाको सङ्गमस्थल त्रिवेणीमा एक सय मिटर लामो पक्की पुल निर्माण गर्ने भनिएको थियो । १५ करोड रुपैयाँमा त्यो पुल निर्माण गर्ने भन्दै पाँच वर्षअघि ठेक्का दिइएको थियो । क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाख रुपैयाँमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्ट्रक्सनले कहिले बर्खा त कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेको स्थानीयको आरोप छ । यसले एक सय छ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यमा समेत बाधा पुग्ने देखिएको छ । हाइड्रोपावर कम्पनीले हजारौँ टन वजन भएका निर्माण सामग्री आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा टेन्डर खुलाएको थियो । पुल समयमै नबन्दा आयोजनाको निर्माणकार्य नै प्रभावित भएको भन्दै डोल्पाका सरोकार भएका निकायले चिन्ता व्यक्त गरेका छन् ।
जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले पुल निर्माणमा तदारुकता नदेखाए अब कारबाही गरेर अगाडि बढाइने बताउनुभयो । हाल दुई ठाउँका पिल्लर केही मात्र निर्माण गरी बाँकी काम अलपत्र छ । पटकपटक ताकेता गर्दा पनि ठेकेदार काम गर्न नआएको उहाँले बताउनुभयो ।
त्रिवेणाीदेखि इलसम्मको सडक निर्माणकार्य भने अन्तिम चरणमा पुगेको सापकोटाले जानकारी दिनुभयो । त्यो सडक जगदुल्ला गाउँपालिकामा निर्माण हुने ड्यामसम्म पुग्नेछ । १० किलोमिटर लामो सडक निर्माणकार्य अन्तिम चरणमा पुगे पनि पुलको कामले समस्या हुँदै आएको छ ।
आयोजना निर्माणका लागि १४ अर्ब रुपैयाँको ठेक्का लगाइसकिको छ । अब ठेक्काको अन्तिम मूल्याङ्कनको काम जारी रहेको हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिनुभयो । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले ठेकेदारको लापरबाहीका कारण काम समयमा हुन नसकेको भन्दै आक्रोष व्यक्त गर्नुभयो । अब अन्तिमपटक छलफल गरेर बाँकी प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ ।
क्याराभानका ठेकेदारलाई बोलाउदासमेत बैठकमा नआएको मन्त्री बुढाको सचिलवालयका सूचना प्राविधिक सहायक टेकबहादुर शाहीले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध