
तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने ४० चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन हुने विभिन्न योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ ।
कार्यालय प्रमुख रवीन्द्र तिवारीले कतिपय योजना सम्झौता भइसकेको र कतिपय योजना सम्झौता चरणमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी केही योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशनको चरणमा रहेको छ ।
उहाँले भन्नुभयो– ‘ पाँच करोड रुपैयाँ भन्दा साना दुई वटा साना बहुवर्षीय योजनाको ठेक्का सम्झौता गरिएको छ । यस आर्थिक वर्षमा हालसम्म उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने गरी कुनै पनि योजना सम्झौता गरिएको छैन ।’ तिवारीका अनुसार चालु आर्थिक वर्षका लागि एक अर्ब ४२ करोड १२ लाख आठ हजार विनियोजन भएकोमा २० करोड ४० लाख ९१ हजार ३ सय १० रुपैयाँ खर्च भएको छ ।
चालुतर्फ एक करोड ९१ लाख २८ हजार रुपैयाँ विनियोजन भएकोमा २२.८५ प्रतिशत प्रगति भएको छ । पुँजीगततर्फ प्रदेशबाट एक अर्ब ४० करोड १२ लाख ८० हजार रुपैयाा विनियोजन भएकामा १४.२४ प्रतिशत प्रगति भएको छ । जिल्लामा निर्माणाधीन नौ सडक पुल छन् । त्यसमध्ये चार वटा पुराना र पाँच वटा नयाँ रहेको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘जिल्लामा डिपिआर तयार भएका अन्य बाँकी सडक पुल सङ्ख्या २३ वटा छ । चार सडकपुल मौलाकाली जलविद्युत् आयोजनाको डुबान क्षेत्रमापर्ने जानकारी आएको छ । अन्य बाँकी १९ वटा सडक पुल कार्यान्वयमा लैजान सक्ने अवस्था छ ।’
चालु आर्थिक वर्षमा रानीटारी हर्कपुर घुम्ती किल्चोक मानुङ छाङदेखि भिमाद सडकका लागि १८ करोड, दमौली बिसघरे झापुटार ९सेती नदी सडक पुल०का लागि ५ करोड, खुदीखोला कटुसे रह पक्की पुल बन्दीपुरका लागि ३ करोड, ढोरबाराही मार्ग (साँखे थुम्कीडाँडा खण्ड) कालोपत्रका लागि दुई करोड ५० लाख, बुद्धसिंह मार्ग (पहिलो खण्ड) बहुबर्षे योजनाका लागि २ करोड ५० लाख, मानपुर डेडगाउँ (घिरिङ तनहुँदेखि बौदीकाली नवलपुर) सडकका लागि २ करोड ५० लाख, शुक्लागण्डकी ५ र ८ जोड्ने सेती नदी पक्की पुलका लागि दुई करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।
शुक्लागण्डकी १० र भिमाद ८ जोड्ने क्याङ्दी खोलाको पिप्लेमा सडक पुलका लागि २ करोड ५० लाख, तल्लो डुम्रे मोटरेवल पुलका लागि २ करोड ३६ लाख ८२ हजार, कुलुङ खोला पुल भिमाद १ डुम्रीबेसीसीका लागि दुई करोड १६ लाख ५६ हजार, झापुटार काहुँ मोटरमार्ग स्तरोन्नतिका लागि दुई करोड, सहिद लालध्वज मार्ग निर्माण तथा स्तरोन्नतिका लागि दुई करोड, भानु मार्ग चन्द्रावती पोखरीछाप पुलिमराङ हुँदै कुन्छाफेदी सडकका लागि दुई करोड, आँबु भाँगे छिम्केश्वरी हिलेखर्क मार्गका लागि दुई करोड, दुलेगौँडा हर्कपुर मार्ग (वनकेवा मनपाङ रानीटारी खण्ड) कालोपत्रका लागि दुई करोड र सिन्धु मार्गका लागि दुई करोड रुपैयाँ विनियोजन भएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध