
नवलपरासी । ऐतिहासिक तथा पुरातात्विक स्थल पश्चिम नवलपरासीको रामग्राम–१८ स्थित पण्डितपुरमा पुरातत्व विभागले उत्खनन शुरु गरेको छ ।
यसअघि भू–भौतिक सर्वेक्षण (जिओफिजिक्स सर्वे) मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको स्थानमा उत्खनन शुरु गरिएको हो । यो उत्खनन २१ दिनसम्म चल्ने जनाइएको छ ।
भेटिएका पुरातत्व वस्तुको वैज्ञानिक परीक्षणमा छैटौँ शताब्दीका संरचना भेटिएकाले विस्तृत रूपमा उत्खनन शुरु गरिएको र त्यसका लागि आवश्यक बजेट सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि विनियोजन गरेको रामग्रामका नगर प्रमुख धनपत यादवले बताउनुभयो ।
पण्डितपुरको दक्षिण पश्चिम क्षेत्रमा गरिएको भू–भौतिक सर्वेक्षणका क्रममा जमिनमुनि गोलाकार आकारमा रहेको संरचना फेला परेको क्षेत्रमा उत्खनन शुरु गरिएको पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत भास्कर ज्ञवालीले बताउनुभयो ।
पण्डितपुरलाई कोलीय गणराज्यको राजधानीका साथै बुद्धको मावली स्थलका रूपमा दाबी गरिँदै आएको छ ।
विसं २०६८ देखि २०७२ सम्म पुरातत्व विभागले परम्परागत प्रविधिको सहायताले गरेको उत्खननका क्रममा यस क्षेत्रमा आठौँ शताब्दीका भाँडा, इनार र इँटा भेटिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध