+

दार्चुलामा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

बैतडी ।  दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै  मृत्यु भएको छ । 

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो । दुर्घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य  ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले  जानकारी दिनु भएको छ । 

जात्रा हेरेर फर्किएकाहरु सवार दुर्घटनामा परेका उहाँले बताउनुभयो ।  घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उहाँले  मृतकको सनाखत हुन बाँकी रहेको बताउनुभयो। घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न  सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट