
गण्डकी । पर्यटन राजधानी पोखरामा ४५ औँ विश्व पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रम भएका छन् । यहाँस्थित पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी दिवस मनाएका हुन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले लगातार वर्षा भइरहे पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको बताउँदै कार्यक्रम भने केही प्रभावित भएका जानकारी दिनुभयो ।
परिषद्ले आज पोखरा विमानस्थलबाट पहिलो उडानमार्फत यहाँ आउने पर्यटकलाई स्वागत गर्ने तयारी गरेको थियो । लगातारको वर्षाका कारण कार्यक्रम गर्न नसकिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष विश्व पर्यटन दिवसका अवसरमा पोखरामा हवाई र स्थल मार्गबाट आउने पर्यटकलाई पोखरामा स्वागत गर्दै विभिन्न प्याकेज समेत उपलब्ध गराउने गरिएको छ । परिषद्ले आजै पर्यटन र शान्ति विषयमा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको छ ।
साथै नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्रभल्स एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सङ्कलन गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुभयो ।
नाट्टा गण्डकी प्रदेशका तर्फबाट आजै स्थलमार्गबाट पहिलो पर्यटक सवारीसाधनमा यहाँ आउने पर्यटकलाई स्वागत एवं सम्मान गर्न लागिएको उहाँले बताउनुभयो ।
कार्यक्रमका अवसरमा नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले पोखराको लेकसाइडबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म पर्यटक सवारीसाधन सहितको याली प्रदर्शन गरेको छ । यालीमा ६० वटा पर्यटक सवारीसाधन सहभागी गराइएको एनटिभिए गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभयो ।
पोखरामा लगभग चार सय ५० को सङ्ख्यामा पर्यटक सवारीसाधनले सेवा प्रवाह गरिरहेका बताउँदै उहाँले नयाँ इम्बोष्ड नम्बरका नाममा यसको पहिचान हराउन नहुने सन्देश प्रवाहका लागि पनि र्याली आयोजना गरिएको जानकारी दिनुभयो ।
दिवसको पूर्वसन्ध्यामा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले पोखरा–१८ स्थित रिञ्जे नासा होमस्टेमा घरवास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो ।
ट्रेकिङ एजेञ्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकी प्रदेशले नयाँ पुल–मोरिया–लप्सीबोट हुँदै भुकदेउराली र त्यहाँबाट डाँडा कमेरे–फलाटे–ताङले–सरौँ सम्मको पदयात्रा कार्यक्रम आयोजना गरेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
साथै अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा हिमालय फोटो प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरिएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिनुभयो ।
आजै रेवान पोखराको आयोजनामा लेकसाइडमा सडक महोत्सव आयोजना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध