
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा जारी छ । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेप्से परिसूचकले आज पनि निरन्तरता पाएको छ । नेप्से परिसूचक बुधबार ९ दशमलव ५० अंकले बढेर २ हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो ।
बुधबार ३ सय एक कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९ सय ४६ कित्ता शेयर, ९२ हजार ६ सय दुई पटक खरिदबिक्री हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७ सय ८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज विकास बैंक समूह शून्य दशमलव ४४, वित्त शून्य दशमलव १०, होटल तथा पर्यटन समूह शून्य दशमलव ८४ र जलविद्युत् समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ । लगानी समूह शून्य दशमलव ६३, जीवन बीमा समूह शून्य दशमलव २५ र निर्जीवन बीमा समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ । अरु समूहको उपसूचक भने बढेको छ ।
बैंकिङ र उत्पादन तथा प्रशोधन समूह समान एक दशमलव १२, लघुवित्त समूह एक दशमलव ०२, म्युचुअल फन्ड समूह शून्य दशमलव ०३, व्यापार समूह शून्य दशमलव ०१ र अन्य समूह दुई दशमलव २१ प्रतिशतले बढेको छ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव ९५ प्रतिशतले कमी देखिएको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ३२ करोड ७८ लाख ९१ हजार ६ सय १३ रुपैयाँ बराबरको ६ लाख ३४ हजार ५ सय ९३ कित्ता शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै