
बागलुङ । हरेक कार्यालय, सङ्घसंस्थाले लक्ष्य राखेर काम गर्ने चलन छ । लक्ष्य अनुसार कामको प्रगति पनि हुनुपर्छ । तर आन्तरिक राजस्व कार्यालय बागलुङले पछिल्लो ३ वर्षदेखि नै लक्ष्य भेटाउन सकेको छैन । यद्यपि कर सङ्कलन भने उल्लेख्य रुपमा बढेको छ ।
हरेक आर्थिक वर्षमा लक्ष्यको ७९ देखि ८० प्रतिशत मात्रै कर सङ्कलन भएको छ । केहीवर्ष अघि शतप्रतिशतभन्दा धेरै कर सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८०/८१ म रु एक अर्ब २० करोड कर सङ्कलन गर्ने लक्ष्य राखेपनि असार मसान्तसम्म कार्यालयले लक्ष्य भेट्न सकेन । बरु ७९ प्रतिशत मात्रै अर्थात् तोकिएको अवधिमा कूल ९६ करोड ५५ लाख ७८ हजार मात्रै कर सङ्कलन भएको कार्यालय प्रमुख प्रमोदकुमार श्रीवास्तवले बताउनुभयो ।
साउन महिनामा आर्थिक कारोबार कम हुने भएकाले सङ्कलन घटेको छ । साउनमा एक करोड ९३ लाख संकलनको लक्ष्य राख्दा ९१ लाख ३५ हजार रुपैयाँ मात्रै सङ्कलन भएको प्रमुख श्रीवास्तवले बताउनुभयो । आव २०७९/८० मा कार्यालयले १ अर्ब पाँच करोड ५१ लाख राजस्व सङ्कलन गर्ने लक्ष बनाएकामा ९५ करोड ३१ लाख रुपैयाँ मात्रै सङ्कलन गर्न सकेको थियो । लक्ष्य अनुसार कर असुल हुन नसक्नुलाई आर्थिक क्षेत्रको मन्दी, सहकारीमा आम नागरिकको विश्वास घट्नु र लघुवित्तको कारोबारमा आएको कमीलाई औँल्याउने गरिएको छ । बागलुङको हकमा सिवाइसी लघुवित्तको पोखराबाट कारोबार हुँदा यहाँ सङ्कलन हुने लाखौँ रकम सरेको हो ।
त्यस्तै अन्य संस्थाको पनि केही रकम अन्य संस्थामा सरेको छ । ‘सहकारीको कारोबार घट्दा कर सङ्कलन पनि घटेको छ’ प्रमुख श्रीवास्तवले भन्नुभयो । गत आर्थिक वर्ष कार्यालयले ६० करोड ६९ लाख रुपैयाँ आयकर सङ्कलन गर्ने लक्ष्य राखेकामा ५१ करोड ४९ लाख रुपैयाँ सङ्कलन भएको छ । त्यस्तै भ्याटतर्फ ३३ करोड ४७ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा २७ करोड ५० लाख रुपैयाँ मात्रै सङ्कलन भएको छ । अन्तशुल्कतर्फ पाँच करोड चार लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा चार करोड २० लाख रुपैयाँ मात्रै सङ्कलन भएको छ ।
सामुदायिक वन उपभोक्ता समिति, अन्य निर्माण क्षेत्रका उपभोक्ता समिति र कतिपय व्यवसाय नै दर्ता नभएकाले कर सङ्कलन हुन सकेको छैन । त्यस बाहेक असार मसान्तसम्म कैयौँ विकास निर्माण सम्पन्न नभएकाले कर सङ्कलनमा ढिलाइ भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री