
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा २ अर्ब ६५ करोड ६६ लाख ८ हजार रुपैयाा बरावरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवको साउनको तुलनामा चालु आवको त्यही अवधिमा कार्यालयबाट हुने निर्यात सात दशमलव १६ प्रतिशतले अर्थात १७ करोड ७५ लाख एक हजारले बढेको बताउनुभयो । गत आवको साउनमा २अर्ब ४७ करोड ९१ लाख ६७ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।
कार्यालयका अनुसार ्त्यस अवधिमा विशेष गरी जुस जाम, फलामे पाता, जमोठ कपडा, पिना, सेन्थेटिक यार्न, मनोरञ्जनका सामानहरु, बत्तिसा, त्रिफला, कवाज, च्यवनप्राश, कुकुर तथा विरालोको खाना, तयारी कपडा, रेसाको कपडा, कार्पेट र गलैँचालगायत निर्यात भएको छ ।
कार्यालयका गत साउनमा ४९ लाख ४८ हजार आठ सय १८ लिटर जुस जाम निर्यात हुँदा ४८ करोड ९ हजार विदेशी मुद्रा भित्रिएको छ । जबकी गत आवको सोही अवधिमा ५३ लाख २७ हजार आठ सय ६७ लिटर जुस जाम निर्यातबाट ५१ करोड ४१ लाख २२ हजार विदेशी मुद्रा आर्जन भएको थियो ।
.गत साउनमा नाका हुँदै २९ लाख ७७ हजार ९ सय १० किलोग्राम फलामे पाता निर्यात हुँदा ३७ करोड ३९ लाख ९१ हजार विदेशी मुद्रा आर्जन भएको छ । गत आवको सोही अवधिमा ३३ लाख ७७ हजार चार सय २० किलोग्राम फलामे पाता निर्यात हुँदा ४४ करोड ४५ लाख ८२ हजार विदेशी मुद्रा आर्जन भएको थियो ।
कार्यालयका अनुसार गत साउनमा जमोठ कपडा ८० हजार दुई सय ६७ किलोग्राम निर्यात हुँदा १६ करोड २२ लाख ६० हजार विदेशी मुद्रा आएको छ । गत आवको सोही अवधिमा एक लाख १२ हजार एक सय ४९ किलोग्राम जमोठ कपडा निर्यात गर्दा १९ करोड ४३ लाख २३ हजार रुपैयाँ विदेशी मुद्रा प्राप्त भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव