
गुल्मी । गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको आज सदरमुकाम तम्घासमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि खरिद र बिक्री बीउको मूल्य निर्धारण गरेको हो ।
बीउ उत्पादक सञ्जालले जिल्लाभित्र मनकामना र देउतीको मूल बीउ प्रतिकिलो खरिद १ सय ५ रुपैयाँ र बिक्री १ सय २५ रुपैयाँ तोकेको छ । त्यसैगरी अरुण–२ खरिद १ सय २० रुपैयँँ र बिक्री १ सय ४० रुपैयाँ निर्धारण गरिएको सञ्जालका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।
प्रमाणित बीउअन्तर्गत भने देउती र मनकामना खरिद प्रतिकिलो ९५ रुपैयाँ र बिक्री १ सय रुपैयाँ कायम गरिएको छ । गतवर्षको तुलनामा यसवर्ष जिल्लामा मकैको बीउको उत्पादन घटेको छ । गतवर्ष ५ सय २७ क्विन्टल बीउ उत्पादन भएकामा यसवर्ष ३ सय ७७ क्विन्टल मात्र बीउ उत्पादन भएको छ । जिल्लामा यसवर्ष ४० लाख रुपैयाँ बराबरको मकैको बीउ उत्पादन भएको उहाँले बताउनुभयो ।
यसवर्ष १ सय ५६ मेट्रिकटन मकैको बीउ उत्पादन हुने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम ३७ दशमलव सात मेट्रिकटन मात्र बीउ उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी गराउनुभयो । जिल्लामा ५ सय ६१ मेट्रिकटन कमैको बीउ आवश्यक पर्नेमा बीउ उत्पादन निकै चिन्ताजनक अवस्थामा रहेको उहाँको भनाई छ ।
जिल्लामा उन्नत बीउको उत्पादन घट्नुमा किसानले उत्पादन बढाउन हाईब्रिड बीउ प्रयोग धेरै गर्नु र बाँदर र बँदेलजस्ता वन्यजन्तुले मकैबारीमा नोक्सान गर्नु मुख्य कारण रहेको स्थानीय बाँसखर्क कृषि सहकारीका अध्यक्ष टोपलाल पाण्डेले बताउनुभयो ।
त्यसैगरी बीउ उत्पादक सञ्जालले स्थानीय धानको बीउको मूल्य पनि निर्धारण गरेको छ । निर्धारित मूल्यअनुसार स्थानीय हँसराज धान खरिद प्रतिकिलो १ सय रुपैयाँ र बिक्री १ सय १५ रुपैयाँ कायम गरिएको छ । चैत–५ र खुमल–१० प्रतिकिलो खरिद ८० रुपैयाँ र बिक्री ९० रुपैयाँ र मकवानपुर–१ खरिद प्रतिकिलो ७० रुपैयाँ र बिक्री प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।
पछिल्लो समयमा जिल्लामा स्थानीय उन्नत जातको बीउभन्दा हाईब्रिड बीउको प्रयोग बढ्दो छ । किसानले मकै खेतीमा ७० प्रतिशत र धानमा ८० प्रतिशत हाईब्रिड बीउ प्रयोग गर्ने गरेको केन्द्रका कृषिप्रसार अधिकृत शिवलाल बञ्जाडेले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै