
काठमाडौँ । पूर्वाधार क्षेत्रमा लगानीकोे विविधता खोज्ने तथा औद्योगिक वातावरण तयार खोज्ने उद्देश्यका साथ भदौ २७ र २८ गते पाँचौ पूर्वाधार सम्मेलनको आयोजना हुने भएको छ ।
पूर्वाधार क्षेत्रमा नवप्रवर्तनको प्रवद्र्धन, रोजगारी सिर्जना गर्दै समग्र आर्थिक विकासका लागि नेपाल उद्योग परिसङ्घको आयोजनामा सम्मेलन हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
परिसङ्घ मुख्य आयोजक रहने सम्मेलनको सहआयोजकमा लगानी बोर्डको कार्यालय रहेको छ । समृद्ध अर्थतन्त्र निर्माणको आधार पूर्वाधार विकास भएकाले त्यसलाई प्रमुख प्राथमिकतामा राखेर आयोजना हुने सम्मेलनको मुख्य नारा ‘रणनीतिक लगानीमार्फत दिगो विकास’ रहेको छ ।
दिगो विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्म वार्षिक रु २० खर्ब बढी लगानी जरुरी रहेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको विवरण अनुसार, पूर्वाधारको विकासका लागि एकीकृत एवम् सामूहिक लगानीको जरुर छ । परिसङ्घको अध्ययन अनुसार दिगो विकास लक्ष्य हासिल गर्न पूर्वाधार क्षेत्रमा मात्रै एक खर्ब ३० अर्ब अमेरिकी डलर लगानी आवश्यक रहेको उल्लेख छ ।
परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका अनुसार, पूर्वाधार क्षेत्रमा स्रोतको अभाव भइरहेको बेला सम्मेलनले एउटा मार्ग तय गर्नेछ । पूर्वाधारमा धेरै लगानी आवश्यक तर स्रोतको अभाव भइरहेको अवस्थामा के कसरी स्रोत जुटाउन सकिन्छ र अन्तर्राष्ट्रिय अभ्यास के छन् भन्ने बारेमा गहन रुपमा सम्मेलनमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।
लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले गत लगानी सम्मेलनका क्रममा शो केशमा राखिएका आयोजनालाई सम्मेलनका क्रममा पुनः पछिल्ला प्रगतिसहित प्रस्तुत गरिने बताउनुभयो ।
पूर्वाधारका लागि लगानी प्रवद्र्धन, र्पूाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासमा रहेका अवरोध लगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच गहन छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध