
धरान । धरान स्थापना भएको १२३ औँ वर्षको अवसरमा पाँच दिने धरान उत्सव सुरु भएको छ। शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध सहर भन्ने नारासहित शुक्रबार पब्लिक स्कुलको खेल मैदानमा प्रमुख अतिथि ज्येष्ठ नागरिक चन्द्रमाया कट्वाल (१०२ वर्ष) ले पानसमा बत्ती बालेर धरान उत्सवको उद्घाटन गर्नुभएको थियो।
उहाँले विशिष्ट अतिथि काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई र उपप्रमुख आइन्द्रविक्रम बेघालाई माला लगाई स्वागत तथा धन्यवाद दिनुभएको थियो।
धरानमा पहिला भन्दा हाल धेरै विकास भएको देखेर खुशी लागेको भएको विशिष्ट अतिथि काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र शाहले बताउनुभयो। धरान काठमाडौं भन्दा संस्कार, संस्कृति, कलाको क्षेत्रमा धेरै अगाडि रहेको उहाँले बताउनुभयो। पछिल्लो समय धरानले गरेको श्रमसंस्कृतिको विकास सबैले सिक्न जरुरी रहेको प्रमुख शाहले बताउनुभयो।
राष्ट्रिय गानले भने जस्तै सयौं थरीका फूलका साझा एउटा मालाको रुपमा धरान रहेका नगर प्रमुख हर्कराज राईले बताउनुभयो। धरानमा हरेक कार्यक्रमहरुमा विभिन्न जातजातिका झाँकी र्याली सहितको संस्कार, संस्कृतिले धरान एक साझा मालाको रुपमा बाँचेको उहाँले भन्नुभयो। संस्कार संस्कृतिलाई दर्शाउने झाँकी र्यालीले विविधता भित्रको एकता धरानमा रहेको नगर प्रमुख राईले बताउनुभयो।
जबसम्म एकले अर्कालाई सम्मान गर्दैनौ तबसम्म शान्ति आउँदैन, तसर्थ एकले अर्कालाई सम्मान गरेपटि सामाजिक सद्भाव रहने र शान्ति आउने र शान्तिपछि समृद्धि आउने नगर प्रमुख राईले बताउनुभयो।
प्रधानमन्त्री अनुपस्थित
धरान महोत्सबमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाईएको भएपनि प्रधानमन्त्री अनुपस्थित रहनुभयो । धरानका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाले केहि समय अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख अतिथिको रुपमा निम्तो दिएका थिए ।
प्रधानमन्त्रीको सचिवालयले कार्यव्यस्तताका कारण प्रधानमन्त्री कार्यक्रममा आउन नभ्याउने बताएपछि साम्पाङ प्रधानमन्त्रीसंग आक्रोशित हुनुभएको थियो ।
साम्पाङले प्रधानमन्त्री आफूले बोलाएको कार्यक्रममा सहभागी हुन नआउने भएपछि आफ्नो कार्यकक्षबाट प्रधानमन्त्रीसँगै राष्ट्रपतिको तस्वीर समेत हटाएर किराती राजा यलम्बरको तस्वीर राख्नु भएका्े थियो ।
प्रधानमन्त्री आउन नमानेपछि मेयर साम्पाङले काठमाडौंका मेयरलाई धरान बोलाउनु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै